जीवन बीमा कम्पनीको नाफा १२%ले बढ्यो, नाफा बढाउनेमा प्रभु लाइफ पहिलो



काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरुको खुद नाफा १२ प्रतिशतले बढेको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा ११.९६ प्रतिशतले खुद नाफा बढेको हो ।

अघिल्लो आवमा ३ अर्ब ४० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका जीवन बीमा कम्पनीले गत आवमा ३ अर्ब ८० करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् जुन ४० करोड ७० लाख रुपैयाँले बढी हो ।

गत आवमा १९ वटा जीवन बीमा कम्पनीमध्ये १५ कम्पनीले खुद नाफा बढाएका छन् भने ४ वटा कम्पनीले खुद नाफा घटाएका छन् ।

प्रभु लाइफ इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा खुद नाफा २८३.४७ प्रतिशतले बढाएको छ । अघिल्लो आवमा ४ करोड ४४ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा १७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो आवकोे तुलनामा १२ करोड ६१ लाख रुपैयाँले बढी हो ।

यसैगरी, ज्योति लाइफ इन्स्योरेन्सको पनि अघिल्लो आवको तुलनामा ८०.५१ प्रतिशतले खुद नाफा बढेको छ । अघिल्लो आवमा ७ करोड २० लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत वर्षमा १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा ५ करोड ७९ लाख रुपैयाँ ले बढी हो ।

साथै, रिलायन्स लाइफ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा ६१.७२ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ४ करोड ३३ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा ७ करोड एक लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा २ करोड ६७ लाख रुपैयाँले बढी हो ।

यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशनले पनि अघिल्लो आवको तुुलनामा ५९.४४ प्रतिशतले खुद नाफा बढाएको छ । अघिल्लो आवमा कम्पनीले ११ करोड ९७ लाख रुपैयाँ खुद नाफा गरेकोमा गत आवमा १९ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७ करोड ११ लाख रुपैयाँले बढी हो ।

एशियन लाइफ इन्स्योरेन्सको खुद नाफा पनि ३९.८५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत आवमा २५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७ करोड २४ लाख रुपैयाँले बढी हो ।

यसैगरी, गुराँस लाइफ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा २७.७७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ९ करोड ४९ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा १२ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा २ करोड ६३ लाख रुपैयाँले बढी हो ।

साथै, सूर्या लाइफ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा २३.०१ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २६ करोड २७ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा ३२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ६ करोड ४ लाख रुपैयाँले बढी हो ।

यता सानिमा लाइफ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवकोे तुुलनामा २०.३७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा १० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा १ करोड ७३ लाख रुपैयाँले बढी हो ।

साथै, महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा १७.४९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ८ करोड रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा ९ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १ करोड ४० लाख रुपैयाँले बढी हो ।

यसैगरी, रिलायबल लाइफ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवकोे तुुलनामा ५.३९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २१ करोड ४३ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा २२ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १ करोड १५ लाख रुपैयाँले बढी हो ।

प्राइम लाइफ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा ३.२५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा २९ करोड ८५ लाख रुपैयाँ खुद नाफा रहेको कम्पनीले गत आवमा ३० करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा ९७ लाख रुपैयाँले बढी हो ।

यसैगरी, नेशनल लाइफ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा २.५५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३९ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत आवमा ४० करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा ९९ लाख रुपैयाँले बढी हो ।

साथै, आईएमई लाइफ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा १.०५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १२ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत आवमा १३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा १३ लाख रुपैयाँले बढी हो ।

यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवकोे तुुलनामा १.०५ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ५३ करोड ३ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले गत आवमा ५३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा ५५ लाख रुपैयाँले बढी हो ।

साथै, सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा ०.६४ प्रतिशतले बढेको छ । अघिल्लो आवमा १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत वर्षमा १८ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा ११ लाख रुपैयाँले बढी हो ।

चार कम्पनीको खुद नाफा घट्यो
१५ वटा बीमा कम्पनीको खुद नाफा आर्जन बढ्दा ४ वटा बीमा कम्पनीको खुद नाफा आर्जन भने अघिल्लो आवको तुलनामा घटेको छ ।

राष्ट्रिय बीमा संस्थानको अघिल्लो आवकोे तुुलनामा खुद नाफा ४.७१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ५ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थानले गत आवमा ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा २७ लाख रुपैयाँले कम हो ।

साथै, सन लाइफ इन्स्योरेन्सको खुद नाफा पनि घटेको छ । अघिल्लो आवकोे तुुलनामा कम्पनीको खुद नाफा ७.१५ प्रतिशतले घटेको हो । अघिल्लो आवमा ११ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत आवमा १० करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८१ लाख रुपैयाँले कम हो ।

यसैगरी, मेट लाइफ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा १७.८५ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ३२ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत आवमा २६ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५ करोड ८५ लाख रुपैयाँले कम हो ।

युनियन लाइफ इन्स्योरेन्सको खुद नाफा अघिल्लो आवको तुुलनामा २१.४८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा १६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले गत आवमा १३ करोड ३ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवकोे तुलनामा ३ करोड ५६ लाख रुपैयाँले कम हो ।


पुष्प दुलाल