उपप्रधानमन्त्री बिष्णु पौडेलको पद घटुवा, सर्बोच्चले सच्चायो आदेश



काठमाडौं । केपी शर्मा ओलीले पछिल्लो समय मन्त्रीपरिषद् विस्तार गर्दा बढुवा भएर उपप्रधानमन्त्री बनेका बिष्णु पौडेलको पद घटुवा हुने भएको छ ।

सर्बोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणा तथा न्यायधीश प्रकाशकुमार ढुंगानाको सयुक्त इजलाशले प्रतिनिधिसभा बिघठनपछि थपिएका मन्त्रीहरुलाई मन्त्रीको रुपमा काम नगर्न अन्तरिम आदेश दिएको थियो ।

सर्बोच्चको फैसलापछि २० जना मन्त्रीको पद गएको छ । सर्बोच्चले सार्वजनिक गरेको फैसलामा उपप्रधानमन्त्री बिष्णु पौडेलको पद कायम हुने फैसला थियो ।

पौडेललाई प्रधानमन्त्री ओलीले पछिल्लो समय मन्त्रीपरिषद् विस्तार गर्दा बढुवा गरेर उपप्रधानमन्त्री बनाएका थिए । सर्बोच्च अदालत प्रशासनले स्रोतका अनुसार फैसला सच्चिएर आउने र यसमा उपप्रधानमन्त्री पदमा कायम रहेका पौडेलको पद जाने छ ।


क्लिकमान्डु