एनएमबि बैंकको बचतमा बाणिज्य बैंकमध्येकै सर्वाधिक ब्याज
काठमाडौं । एनएमबि बैंकले निक्षेपको ब्याजदर बढाएको छ । बचत खातामा उच्च ब्याजदर प्रदान गर्दै आएको बैंकले मुद्दतिमा पनि ८.३० प्रतिशतसम्म वार्षिक व्याज दिने भएको छ । बैंकले अहिले बचतमा ५.६० प्रतिशत ब्याजदर दिँदै आएको छ ।
‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबिले भने स-साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्घेश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो,’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत् बैंकिङ सेपा प्रदान गर्दै आइरहेको छ ।