सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घट्यो
काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कायम भएको सुनको मूल्य बिहीबार ११ सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको थियो भने बिहीबार ९१ हजार ५ रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएको थियो भने बिहीबार २० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ ।