
काठमाडौं । पाल्पा सिमेन्ट इन्डष्ट्रिजले प्रारम्भिक सार्वजनिक निष्कासन अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई बुधबार आईपीओ निष्कासन अनुमति दिएको हो ।
कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले ७५ लाख कित्ता आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । जसलाई बोर्डलाई स्वीकृति प्रदान गरेको हो ।
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।









प्रतिक्रिया