धनगढीमा पहिलो पाँचतारे होटल सञ्चालनमा आउने, अन्तर्राष्ट्रिय चेन होटल होलिडे इन बाई आइएचजी भित्रियो



काठमाडौं । धनगढीमा पहिलो अन्तर्राष्ट्रिय चेनको पाँचतारे होटल सञ्चालनमा आउने भएको छ । यसका लागि नेपाली समूह क्लब चौलानी लिमिटेड र अन्तर्राष्ट्रिय चेन होटल होलिडे इन बाई आइएचजीबीच सम्झौता भएको छ ।

होटलको ब्यावस्थापन होटल होलिडे इन बाई आइएचजीले गर्ने गरी क्लब चौलानी लिमिटेडसँग होटल व्यवस्थापन सम्झौता भएको छ ।

होलिडे इन बाई आइएचजी र क्लब चौलानी लिमिटेडबीच मंगलबार होटल व्यवस्थापन सम्झौता भएको हो । होलिडे इन बुढानिलकण्ठमा उक्त सम्झौता भएको हो ।

उक्त सम्झौतामा क्लब चौलानी लिमिटेडतर्फबाट अध्यक्ष डा. राजेन्द्र के. सी. आइएचजी होटल एण्ड रिसोर्टका दक्षिण एशियाका प्रबन्ध निर्देशक सुदीप जैनले हस्ताक्षर गरेका छन् ।

धनगढीमा निर्माण हुन लागेको होलिडे इन बाई आइएजीबीच धनगढी सुदूरपश्चिम प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय होटल चेन अन्तर्गतको पाँचतारे होटल हुनेछ ।

होटलमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रिमियम सुइटसहित ११५ वटा आधुनिक अतिथि कक्ष रहनेछन । होटलमा प्रमुख सुविधाहरूमा करिब १८ हजार ५०० वर्गफुट क्षेत्रफलमा फैलिएको अत्याधुनिक क्यासिनो, ७ सय जनासम्म अट्ने भव्य ब्यान्क्वेट हल, रुफटप स्विमिङ पुल, बहु–परिकार रेष्टुरेन्ट, पूर्ण रूपमा सुसज्जित आधुनिक फिटनेस सेन्टर, विभिन्न बैठक तथा सम्मेलन कक्षहरू तथा विशेष निजी डाइनिङ सहितका सुविधा हुने छन् ।

यो होटल परियोजनमा २ अर्ब २० करोड रुपैयाँ लगानी हुने छ । जसमा करिब ६५ प्रतिशत (१ अर्ब ४३ करोड) बैंक ऋण र ३५ प्रतिशत (रु. ७७ करोड) प्रवद्र्धकहरूको स्व–पूँजीमार्फत व्यवस्थापन गरिने छ ।

धनगढी प्राकृतिक सौन्दर्य, धार्मिक–सांस्कृतिक सम्पदा, जैविक विविधता र आतिथ्यताले सम्पन्न क्षेत्र हो । भारतको उत्तराखण्ड र उत्तर प्रदेशका प्रमुख सहरहरूसँग नजिक रहेको यो सीमावर्ती सहरले ठूलो संख्यामा भारतीय पर्यटकको आकर्षण गर्ने सम्भावना बोकेको छ । धनगढी सुदूरपश्चिमका ७ जिल्लाको प्रमुख गन्तव्यको रूपमा विकसित हुँदै गएको छ र महेन्द्रनगर नजिक तथा धनगढी विमानस्थलबाट करिब ८ किलोमिटर दूरीमा अवस्थित छ।

होलिडे इन डनगढी परियोजनाले सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय आवास, व्यवसायिक पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डेड आतिथ्य सेवाको नयाँ युगको सुरुआतका रूपमा लिइएको छ । यसले स्थानीय रोजगारी सिर्जना गर्दै क्षेत्रीय अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ । होटल २०८४ सालको सुरुबाट सञ्चालनमा आउन अपेक्षित छ ।

यस परियोजनाले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको आतिथ्य र लगानीको नयाँ मापदण्ड स्थापना गर्ने विश्वास र क्षेत्रीय पर्यटन, व्यवसायिक विकास तथा आर्थिक प्रगतिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।