
काठमाडौं । एनएमबि बैंकले ३ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्काशन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुस ९ गते ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता अग्राधिकार सेयर निष्काशन गर्न स्वीकृति प्रदान गरेको हो ।
बैंकले ८.२५ प्रतिशत लाभांश दर भएको अग्राधिकार सेयर निष्काशन गर्दैछ । उक्त सेयर परिपत्र विधिबाट बिक्री गरिने जनाइएको छ ।
बैंकको अग्राधिकार सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल हो । यसअघि नबिल बैंक र कामना सेवा विकास बैंकले पनि अग्राधिकार सेयर निष्काशनको अनुमति पाइसकेका छन् । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गरी बाँडफाड समेत गरिसकेको छ ।
पुँजी बजारमा दीर्घकालीन तथा सुरक्षित प्रतिफल खोज्ने लगानीकर्ताका लागि यो सेयर थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया