सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कायम भएको सुनको मूल्य शुक्रबार ६ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ कायम भएको थियो भने शुक्रबार ९४ हजार रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ५५ रुपैयाँ कायम भएको थियो भने शुक्रबार १५ रुपैयाँ बढेर १३ सय ७० रुपैयाँ कायम भएको छ


क्लिकमान्डु