बिहीबारदेखि काठमाडौं उपत्यकामा बीमा कम्पनीका शाखा बन्द



काठमाडौं । बिहीबारदेखि काठमाडौं उपत्यकामा बीमा कम्पनीका शाखा बन्द हुने भएका छन् ।

काठमाडौं उपत्यकामा जिल्ला प्रशासन कार्यालयले बीमा कम्पनीका शाखा बन्द गर्न निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजु पौडेलले कर्पोरेट कार्यालय बाहेक शाखा कार्यालयहरु बन्द हुने जानकारी दिए ।

‘समितिले यसबारेमा स्पष्ट निर्देशन जारी गर्ने छ,कर्पोरेट कार्यालयमा पनि सिमित मात्र जनशक्ति राखेर अत्यावश्यक मात्र सेवा दिने काम गर्नुपर्ने हुन्छ,’पौडेलले भने ।

समितिले जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार काठमाडौं उपत्यका बाहिर शाखाहरु चलाउन कम्पनीहरुलाई भन्ने छ ।

पछिल्लो १५ दिनदेखि बीमा कम्पनीहरु सिमित कर्मचारी राखेर संचालन भइरहेका छन् । दाबी भुक्तानी र अत्यावश्यक परेका बीमा पोलिसी बाहेक अन्य कामहरु बीमामा ठप्प छ ।


क्लिकमान्डु