सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । आइतबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कायम भएको सुनको मूल्य आइतबार २ सय रुपैयाँले बढेर ९० हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको थियो भने आइतबार ९० हजार २ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ थियो भने आइतबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु