फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल लिटरको १२१ रुपैयाँ



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँले बढाएको हो ।

निगमले आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाएको हो । जस अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १२१ रुपैयाँ,  डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १०४ रुपैयाँ पुगेको छ ।

त्यसैगरी आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएर ७६ रुपैयाँ पुर्याएको छ । तर एप ग्यास र अन्तर्राष्ट्रिय हवाई उडानतर्फको मूल्य यथावत राखिएको छ ।

मूल्य बढाउँदा पनि निगमलाई पाक्षिकरुपमा ७०.६६ करोड घाटा छ ।


क्लिकमान्डु