विद्यालय बन्द गरी अनलाइनबाटै पढाउनुपर्ने अवस्था आएको छ: अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बढ्दो कोरोना महामारीका कारण सहरी क्षेत्रका विद्यालय बन्द गर्ने संकेत गरेका छन् ।
शनिबार साँझ सीसीएमसीको बैठकमा जानुभन्दा अघि नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको एक कार्यक्रम बोल्दैपौडेलले विद्यालय बन्द गर्नेपर्ने आवश्यकता आएको बताए ।
‘म यहाँबाट सीसीएमसीको बाठकमा जाँदै छु, अब बिद्यालय बन्द गरेर अनलाइनबाटै कक्षा सञ्चालन गर्नुपर्ने अवस्था आएको छ,’ उनलेभने ।
पौडेलले आफूहरु बजेट निर्माणको तयारीमा लागेको बताउँदै डिजिटल नेपाल फ्रेम वर्कका लागि काम गर्नुपर्ने बताए ।
साथै पौडेलले चिनियाँ हार्डवेयर र भारतीय सफ्टवेयको प्रयोग गरी डिजिटल नेपालको अभियानमा विकास गर्न सकिने बताए ।