सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कायम भएको सुनको मूल्य शुक्रबार ७ सय रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको थियो भने शुक्रबार ९० हजार कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ९० रुपैयाँ थियो भने शुक्रबार १० रुपैयाँ बढेर १३ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु