रुरु जलविद्युतको आइपीओ बाँडफाँट, ३७ हजार ९१६ जनाले पाए



काठमाडौं । रुरु जलविद्युत् परियोजनाको आइपीओ बाँडफाँट भएको छ ।  शुक्रबार विहान साढे ८ बजे सेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटलले  नागपोखरीमा रहेको कार्यालयना बाँडफाँट गरेको हो ।

कम्पनीको आइपीओमा १६ लाख ६९ हजार ५६६ जना आवेदकले करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि आवेदन दिएकाछिए जसमध्ये करिब ७८ हजारको आवेदन रद्द भएको थियो

रिकपूर्वक आवेदन दिने १५ लाख ९० हजार ८९६ जनाको मात्रै आवेदनमध्ये ३७ हजार ९१६ आवेदकले आइपीओ प्राप्त गरेका छन्

कम्पनीले २० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीले  ४ लाख ७ हजार ७०६ कित्ता सेयरमध्ये २ प्रतिशत अर्थात् ८ हजार १५४ कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् २० हजार ३५८ कित्ता सेयर सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ३ लाख ६९ हजार १६७ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ मा ७ करोड ७० लाख ६० हजार रुपैयाँ आम्दानी हुने प्रक्षेपण छ । जबकी कम्पनीले आव २०७६/७७ मा ६ करोड १४ लाख ४७ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले प्रतिमेगावाट १४ करोड ८९ लाख ४ हजार ३८२ खर्च गरेको छ ।


क्लिकमान्डु