सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कायम भएको सुनको मूल्य बिहीबार ३ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको थियो भने बिहीबार ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ हजार ६० रुपैयाँ थियो भने बिहीबार ३० रुपैयाँ बढेर १२ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु