अब घरमै बसेर जग्गाको नक्सा प्रिन्ट गर्न पाइने, ‘मेरो कित्ता’ र ‘एनईएलआएस’ शुरु हुँदै



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मातहतमा रहेको नापी विभागले आजबाट अनलाइनमार्फत् सेवा प्रवाह गर्ने भएको छ ।

विभागले आज अनलाइनमार्फत् सेवा प्रवाह गर्ने उद्देश्यका साथ एनईएलआइए र मरो कित्ता शुभारम्भ गर्ने भएको हो ।

उक्त प्रणालीको नापी विभागमा बिहीबार आयोजित औपचारिक समारोहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्थाको शुभारम्भ गर्ने छन् ।

विभागका अनुसार प्रदान गरिने सेवाहरू क्रमिक रुपमा प्रविधिमैत्री, झन्झटरहित, चूस्त दुरुस्त, छिटो छरितो एवं प्रभावकारी बनाउने उद्देश्यले तयार भएको नेपाल ल्यान्ड इन्फर्मेशन सिस्टम (एनईएलआएस) प्रणाली शुरु भएको हो ।

साथै मेरो कित्ता प्रणालीमार्फत नक्सा प्रिन्ट, फिल्डबुक प्रिन्टलगायत्का सेवाहरु सेवाग्राहीहरुले घरमै बसी प्राप्त गर्न सक्ने भएको छ ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवाफतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ ।


क्लिकमान्डु