सेयर बजारका लागि ‘गोल्डेन वर्ष’ २०७७, बजार पूँजीकरणमा २० खर्ब सम्पत्ति थपियो



काठमाडौं । पुँजीबजारमा विभिन्न कम्पनीको बजारपुँजीकरण एक वर्षमा १३४ प्रतिशतले बढेको छ । त्यसैगरी १६ वटा नयाँ कम्पनी नेप्सेमा सूचिकृत भइ दोस्रो बजारमा कारोबार शुरु गरेका छन् ।

२०७६ सालको अन्त्यसम्ममा नेप्सेमा सूचिकृत कम्पनी कुल बजारपुँजीकरण १६ खर्ब १९ करोड ७० लाख २८ हजार रुपैयाँ रहेकोमा २०७७ सालको अन्त्यसम्ममा बजारपुँजीकरण १३४.९१ प्रतिशतले बढेर ३७ खर्ब ५८ अर्ब ९७ करोड ५० लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी एक वर्षको अवधिमा थप नयाँ १६ वटा कम्पनी थपिएका छन् ।

सीडीएससीका अनुसार हाल ३४ लाख २ हजार २०३ वटा डिम्याट खाता खोलिएको छ । पछिल्लो एक वर्षमा मात्रै आधाभन्दा बढी डिम्याट खाता खोलिएका छन् ।

त्यसैगरी अनलाइनबाट सेयर कारोबार गर्नका लागि टीएमएस लिनेको संख्या पनि उसैगरी बढेको छ । गत वर्षसम्म जम्मा २२ लाख ९३३ जनाले मात्रै टीएमएसको सेवा लिएकोमा यो सेवा लिने वर्षको अन्त्यसम्ममा ६ लाख पुगेका छन् । त्यसैगरी सक्रिय अनलाइन प्रयोगकर्ताको संख्या ४ लाखभन्दा बढी छ । यसरी हेर्दा यो वर्ष अनलाइनमार्फत् सेयर कारोबार गर्नेको संख्या ८० प्रतिशतभन्दा बढी छ ।

यो वर्ष सेयर बजारमा प्रवेश गर्नेको संख्या पनि उसैगरी बढेको छ । गत आवसम्ममा ३ देखि ४ लाखले भर्ने आइपीओ पछिल्लो समय रुरु जलविद्युत् परियोजनाको आइपीओमा १८ लाखबढीले आइपीओ भरेका छन् । त्यसैगरी दोस्रो बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या पनि उसैगरी बढेको छ ।


क्लिकमान्डु