प्रहरी लगाएर भए पनि काठमाडौं प्लाजा खाली गराउँछौं- नेपाल ट्रष्ट कार्यालयका सचिव आचार्य



काठमाडौं पटकपटक सूचना प्रकाशित गर्दा पनि काठमाडौं प्लाजाको भवन खाली गर्न अटेरी गरेको कन्सेप्ट डेभलपर्स प्रालिका विरुद्धनेपाल ट्रष्टको कार्यालयले कानूनी कारबाही अघि बढाउने भएको

सम्झौता सकिएको लामो समयसम्म पनि कन्सेप्ट डेभलपर्सले काठमाडौं प्लाजाको भवन खाली गरेको छैन

नेपाल ट्रष्टको कार्यालय मातहतमा रहेको भवनलाई मन्त्रिपरिषदले काठमाडौं महानगरपालिकालाई भाडामा दिन स्वीकृति दिइसकेको महानगरले मासिक ६० लाख ५० हजार रुपैयाँमा भाडामा लिने सम्झौता गरिसकेको

यता नेपाल ट्रष्टको कार्यालयका सचिव सुरेश आचार्यले बैशाख गते (भोलि) बजे दिउँसो प्रहरी नै लगाएर भवन सिल गर्ने बताए

पटक पटक ताकेता गर्दा पनि भवन खाली भएको छैन अब हामी कानूनी कारबाही अघि बढाउँछौं,’ आचार्यले भने

उनले नेपाल ट्रष्टले कन्सेप्ट डेभलपर्सको प्रालिसँग सम्झौता भएकाले अन्य कार्यालयसँग सरोकार नहुने बताए कन्सेप्ट डेभलपर्ससँगकोसम्झौता गत असार गते सकिएको त्यसयता कम्पनीले भवन खाली गर्नुपर्ने भए पनि खाली गरेको छैन

पूर्वराजा बीरेन्द्र शाहको नाममा रहेको काठमाडौं प्लाजालगायतका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको कार्यालयको मातहतमा ल्याइएकोथियो त्यसयता काठमाडौं प्लाजा नेपाल ट्रष्टको कार्यालयको मातहतमा

आचार्यले कम्पनीका विरुद्ध कानूनी कारबाही अघि बढाउने प्रहरी लगाएर सम्पूर्ण भवन सिल गर्ने जानकारी दिए


क्लिकमान्डु