सबै बैंकको ब्याजदर एकै ठाँउमा, बैंक ब्याज डट कमको शुरुवात



काठमाडौं । कर्जा लिन होस् या निक्षेप राख्न ग्राहकले सबैभन्दा पहिला थाहा पाउनु पर्ने भनेकै बैंकको ब्याजदर । तर, बैंक तथा वित्तीय संस्थामा कर्जा लिन होस् या भएको पैसा जम्मा गर्न ग्राहकलाई अन्यौता भनेकै प्रायः ब्याजदर कति छ भन्नेमा हुन्छ ।

यसका साथै बैंकमा कर्जा लिनमा लागि पुर्याउने प्रक्रियाका बारेमा अनविज्ञ हुँदा एकै कामका लागि पटक पटक बैंक धाउनु पर्ने बाध्यता पनि ग्राहकलाई छ । ग्राहकलाई मात्र नभएर बैंकका कर्मचारीलाई समेत कर्जा तथा निक्षेपका प्रोडक्ट अनुसारका ब्याजदर समय सीमा र प्रक्रियाबारे ग्राहकलाई बुझाउँदा हैरानी नै भएको हुन्छ ।

बैंकका कर्जा तथा निक्षेपको ब्याजमा ग्राहकलाई ०.१ प्रतिशतमात्रै दर फरक पर्दा मात्रै पनि धेरै फाइदा वा नोक्सानी हुन्छ । तर, कुन बैंकले कर्जा तथा निक्षेपको ब्याजदर कति निर्धारण गरी ब्यवसाय गरिरहेका छन् भनेर थाहा पाउन भने धेरै नै  समस्या हुन्छ। प्रत्येक बैंकको वेव साइट क्लिक गर्न वा बैंक नै पिच्छे फोन गरेर जानकारी लिन धेरै झन्झट हुन्छ ।

यस्ता सबै समस्याको समाधान गर्न केही पुर्व बैंकरहरुले सबै बैंक तथा वित्तीय संस्थाका कर्जा र निक्षेपको प्रोडक्टको ब्याजदरलगायत सम्पूर्ण जानकारी दिने प्रयास गरेका छन् । जसका लागि सिर्जा राणाको नेतृत्वमा बैंक ब्याज डट कम सञ्चालनमा आएको छ ।

बैंक ब्याज डट कमले ग्राहकलाई बैंक तथा वित्तीय संस्थाको ब्याजदरको जानकारी दिने मात्र नभएर बैंकिङ पहुँच बढाउन सहयोग पुग्ने सञ्चालक राणाले बताइन् ।

‘अहिले केही वाणिज्य बैंकहरुको ब्याजदरभन्दा विकास बैंक र फाइनान्स कम्पनीहरुको पनि कर्जाको ब्याजदर सस्तो वा निक्षेपमा बढी छ,’ उनले क्लिकमाण्डूसँग भनिन्, ‘तर सोको जानकारी नभएकै कारणले ग्राहक नजिकैको वा चिनजानका व्यक्ति काम गर्ने बैंकमा जान्छन्, जसले गर्दा अन्य बैंक तथा वित्तीय संस्थामा सस्तोमा ब्याजदरमा कर्जा पाउँदा पाउँदै पनि महँगो ब्याजदर तिर्न बाध्य हुन्छन् ।’

आफु बैंकमा जागिर भएर सेवा दिँदा सबैभन्दा बढी कर्जाका प्रक्रिया र ब्याजदरबारे ग्राहकमा अन्यौता हुने, सेवा शुल्क र मासिक इएमआई बारे थाहा नहुने हुँदा एउटै काम सकिन लामो समय लाग्ने गरेको अनुभव उनले सुनाइन् ।

सो बैंक ब्याज डट कम ग्राहकलाई बैंक तथा वित्तीय संस्थाले तोकेको ब्याजदरको जानकारी दिने मात्र नभएर कर्जा लिनका लागि बैंकमा पुर्याउनु पर्ने कागजी प्रक्रियालगायत अन्य जानकारी दिनको लागि समेत बनाइएको उनको भनाइ छ ।

‘अहिले वेव साइटमा निक्षेप तथा कर्जाको प्रोडक्ट र त्यसका ब्याजदर, सेवा शुल्कका बारेमा मात्र जानकारी राखिएको छ,’ उनले थपिन्, ‘विस्तारै यसैमार्फत् प्रोसेसङिका बारेमा विस्तृत जानकारी समेत लिन समिने व्यवस्था थप गरिन्छ ।’

बैंकिङ सेवा सुविधा र प्रक्रियाबारे मानिसलाई सजह तबरले थाहा वित्तीय पहुँचबाट टाढिएको हँदा बैंक डट कमले बैंकिङ पहुँच बढाउन मद्दत पुग्ने उनको विस्वास छ ।

उक्त वेव साइट चैत २९ गते आइतबारदेखि औपचारी सुरुवात भएको हो । वेव साइटमा सञ्चालनमा रहेका सबै वाणिज्य बैंक विकास बैंक र फाइनान्स कम्पनीहरुको कर्जा र निक्षेपको प्रकार र त्यका ब्याजदर बारे विस्तृत विवरण राखिएको छ । साथै कुन बैंक तथा वित्त कम्पनीको आधारदर र खराब कर्जा अनुपात कति छ त्यो समेत सोही वेव साइटमार्फत् नै जानकारी लिन सकिन्छ ।

ग्राहकले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन होस् या आफुसँग भएको पुँजी निक्षेपको रुपमा जम्मा गर्न वेव साइटमा राखिएको जानकारी पर्याप्त हुने उनको भनाइ छ ।

यदि बैंकिङ पहुँचमा ग्राहकलाई वेस साइटको जानकारीले अपुग भएमा फोनमार्फत् समेत परामार्श दिने वा बैकसँग आवश्यक समन्यव गर्ने उनले जानकारी दिइन् । जस वापत ग्राहकले कुनै पनि शुल्क तिर्नु नपर्ने उनले बताइन् ।

सार्वसाधारणलाई बैंकिङ क्षेत्रका सुचना सरल तबरले पुर्याएर बैंकिङ पहुँचमा ल्याउनु कम्पनीको उदेश्य रहेको बताइएको छ ।


क्लिकमान्डु