नेपालको विकास लखनउको एक्काको घोडाले देख्यो, अरुले देखेनन्- प्रधानमन्त्री ओली



काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास निर्माणको काम उल्लेखनीय रुपमा गरेको भन्दै केहीले विकास नदेखेको भन्दै प्रचार गरेको बताए

नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले मुलुकमा भइरहेको विकास लखनउको एक्काकोघोडाले समेत देखेको बताए

उनले निजी क्षेत्रका समस्या समाधानमा सबै मिलेर गर्नुपर्ने बताए

समस्या छन् भने सरकारलाई समाधान गरिदेउ भन्ने होइन मिलेर समाधान गर्ने हो कानूनमा संशोधन आवश्यक भएमा गर्ने हो,’ उनले भने 

सरकारले के गर्नुपर्ने हो त्यो त्यो विषयपिन प्वाइन्टगरेर दिनुपर्ने उनको भनाइ छ । उनले कुनै पनि समस्या हटाउन के गर्नुपर्ने हो सुझाव दिएमा उक्त समस्या समाधान गर्न आफू जहिले पनि तयार रहेको बताए

उनले सरकार सबैको साझा भएकाले सबै मिलेर अगाडि बढ्नुपर्ने बताए उनले संविधान जारी भएपछि देखिएका परिदृश्य परिवर्तन भएपनि राजनीति परिपक्क नहुँदासम्म समस्या समाधान नहुने बताए

उनले महासंघले लिएको सम्मानित निजी क्षेत्र समुन्नत नेपालको नारामा निजी क्षेत्रको पीडा झल्केको बताउँदै देशको अर्थतन्त्रका लागिकाम गर्नेलाई सम्मान गर्नुपर्ने बताए

तपाईंसँग देशले सम्मानजनक व्यवहार अपेक्षा गरेको , तपाईंहरुले पनि सम्मान पाउनुपर्छ,’ उनले भने उनले व्यवसायमा सुशासन भयो भने सम्मान आफै आउने समेत बताए

उनले वर्षमा सरकारले पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति गरेको दावी गरे उनले हरेक निर्वाचन क्षेत्रमा १६५ वटा रणनीतिक सडककोउद्घाटन गरेको वर्षभित्रमा सबै सडक पूरा हुने समेत दावी गरे

ओलीले पूर्व मेचिदेखि पश्चिम महाकालीसम्मको बाटो चौडा पार्ने काम भइरहेको बताए

ओलीले कोरोना महामारीका समयमा जीवन पहिलेको नीति अनुरुप सही निर्णय लिएको बताए उनले उद्योग महिना बन्द हुँदा केहीफरक नपर्ने बरु जीवन रक्षा पहिलो प्राथमिकता भएकोले सरकारले उक्त नीति लिएको बताए उनले अनुभवहिनताको अवस्थामा पनिसरकारले सही निर्णय लिएको हो

उनले समयमै सावधानी नअपनाए फेरि लकडाउन हुन सक्ने बताए । उनले अहिले भइरहेको संक्रमणको दर बढ्न थालेको भन्दै उच्चसतर्कता अपनाउन आग्रह समेत गरे

महासंघले तयार पारेको भिजन पेपरले लिएका लक्ष्य दिगो विकासलो लिएका लक्ष्य पूरा गर्ने एउटै समय भएको बताउँदै तीव्र विकास हुनैपर्ने बताए

तपाईंले तयार पारेको भिजन पेपरमा दिगो विकासले लिएका लक्ष्य उद्देश्यकै पाटो भएकाले यो महासंघको मात्रै नभएर साझा संकल्प हो,’ उनले भने

उनले केही मानिसहरुले विकास गरेको नदेखेकोमा व्यंग गर्दै नेपालको विकास लखनउको एक्काको घोडाले पनि देख्ने बताए

उनले व्यवसायीलाई सम्बोधन गर्दै भने, ‘तपाईंहरु व्यवसायमा लाग्नुस राजनीतिमा सकुनीका गोटी आफूले फ्याँक्ने बताए    

पाण्डवलाई १२ वर्ष, रामलाई १४ वर्ष वनवास पठाएर पनि फर्केर आए, राजनीतिमा केही भइहाल्यो भने पनि आफूहरु फेरि जनताबाट चुनिएर  सरकारमा आफू नै आउने बताए

उनले विदेशी लगानी सामान्य पसल चलाउन आवश्यक भएको बताए उनले लाख डलर अर्थात् करोड रुपैयाँ पनि लगानी नगर्ने विदेशी लगानीकर्ता नचाहिने बताए

उनले भुटानले समेत पर्यटकलाई न्यूनतम खर्चको दायरा तोकेको भन्दै नेपालमा लगानी गर्न आउनेले करोड रुपैयाँ कम्तीमा लगानी गर्नैपर्ने बताए त्यत्ति पनि खर्च नगर्ने पशुपतिमा आउने टुरिष्ट जस्तो हुने बताए

उनले विदेशी लगानीका सम्बन्धमा टुरिष्ट नभइ इन्भेस्टर खोजेको बताए


क्लिकमान्डु