महासंघ अध्यक्ष गोल्छाले प्रधानमन्त्रीलाई भने- खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदा हुँदैन

560
Shares

काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवसायीप्रति पहिले नै खराब भावना राखेर गरिने अनुगमनले कसैलाई फाइदानपग्ने भन्दै यसमा सुधारको आवश्यकता भएको बताए

महासंघको ५५औं वार्षिक साधारण सभामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई संबोधन गर्दै गोल्छाले अव्यवहारिक अनुगमनले व्यवसायीलाई समस्यामा पारेको भन्दै आफूहरु संवेदनशिल भएको बताए

व्यापार समितिले कालोबजारी उपभोक्ता ऐनमा भएका अव्यवहारिक प्रावधानको अध्ययन गरी सरकारलाई सुझाव दिने गरी कामथालेको एक महिनाभित्र नै सभापति विदय सिंह वैद्य सहितको समितिले आवश्यक संशोधन तयार पारेर सरकार समक्ष पेश गर्नेछ,’ उनले भने

उनले पहिले नै खराब भावना राखेर  गरिने अनुहमनले कसैलाई फाइदा नगर्ने भन्दै  यसका लागि नियमावली नै बन्नुपर्ने बताए