सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार रुपैयाँमा कायम भएको सुनको मूल्य शुक्रबार ९ हजार रुपैयाँले बढेर ८९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० रुपैयाँ कायम भएको थियो भने शुक्रबार ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ हजार ६० रुपैयाँ थियो भने शुक्रबार २० रुपैयाँ बढेर १२ सय ८० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु