नेप्से हालसम्मकै उच्च विन्दुमा, कारोबार रकम पौने ९ अर्ब
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २५.७१ अंकले बढेर हालसम्मकै सबैभन्दा उच्च विन्दु २६५७.६१ अंकमा पुगेको छ ।
आज १२० कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीका लगानीकर्ताले गुमाएका छन् भने २१ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
आज १ करोड ७३ लाख ७ हजार ३२८ कित्ता सेयर ८ अर्ब ७७ करोड ७४ लाख ३० लाख ६९० रुपैयाँमा कारोबार भएको छ ।
आज सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीमाल वोमी लघुवित्त, जनरल इन्स्योरेन्स, राधी विद्यूत कम्पनी, आइएमई जनरल इन्योरेन्स र एनआइसी लघुवित्त वित्तीय कम्पनीले सबैभन्दा बढी कमाएका छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष कम्पनीमा साल्ट ट्रेडिङ, सपोर्ट माइक्रोफाइनान्स, एचआइडिसिुएल, स्वाभिमान लघुवित्त र अजोड इन्स्योरेन्स कम्पनी छन् ।
उपसमूहतर्फ ट्रेडिङ, होटल तथा पर्यटन, लगानी समूहमा गिरावट देखिएको छ भने फाइनान्स, जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीको सबैभन्दा बढी बढेको छ ।
कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, माथिल्लो तामाकोसी, नेपाल पुनर्बीमा, नबिल बैंक र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी छन् ।