डेडिकेटेड र ट्रंकलाइनको सवा १० अर्ब बक्यौता १ महिनाभित्र उठाउन निर्देशन



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले विद्युत प्राधिकरणलाई व्यवसायीबाट सवा १० अर्ब रुपैयाँ बक्यौता उठाउन निर्देशन दिएको छ ।

ट्रंकलाइन र डेडिकेटेटवापतको बक्यैता रकम समितिको आइतबार बसेको बैठकले प्राधिकरणलाई बक्यौतावापत रकम ब्याजसहित असूल गर्न निर्देशन दिएको हो ।

समितिले बक्यैता रकम उठेको जानकारी दिन समेत निर्देशन दिएको छ । समितिले गठन गरेको उपसमितिको प्रतिवेदनअनुसार व्यवसायीबाट १० अर्ब १४ करोड बक्यौता रकम रहेको जनाएको छ ।

डेडिकेटेड र ट्रंक लाइनको शूल्कमा विद्युत प्राधिकरण र व्यवसायीबीच लामो समयदेखि विवाद हुँदै आएको छ ।

प्राधिकरणका अनुसार २०७५ चैत मसान्तसम्ममा २३९ ग्राहकले डेडिकेटेड र ६९ ग्राहकले ट्रंक लाइनमार्फत् बिजुलीको अतिरिक्त सुविधा लिएका थिए । त्यसमा डेडिकेटेडभन्दा टं«क लाइनमा बढी समस्या छ ।


पुष्प दुलाल