बैंकका कर्मचारीलाई २०७८ सालमा ३६ दिन सरकारी विदा, कुन महिना कति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीले २०७८ सालमा पाउने विदाको सूची सार्वजनिक गरेको छ । जसअनुसार २०७८ सालमा बैंकका कर्मचारीले ३६ दिन सरकारी विदा पाउने भएका छन् ।

बिहीबार राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विगागले सूचना जारी गर्दै २०७८ सालमा बैंक तथा वित्तीय संस्था र सम्बन्धित निकायको सरकारी विदा सूची सार्वजनिक गरेको हो ।

बैंकका कर्मचारीलाई १३ प्रकारका बिदा, विवाह गर्न ३ दिनमात्रै ! कुन बिदा कति ?

गृहमन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनाको आधारमा राष्ट्र बैंकले देशभरका बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकका कार्यालयहरू र राष्ट्र बैंकको नियमनमा रहेका सम्पूर्ण संस्थाहरू समेतमा हुने विदा तथा कार्यसमय तोकिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

सो दिन कर्मचारीलाई विदा हुनुका साथै बैंक तथा वित्तीय संस्था राष्ट्र बैंक र नियमनमा रहेका सम्पूर्ण संस्थाहरू बन्द हुने उनले जानकारी दिए ।

सार्वजनिक विदा सूचीअनुसार बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले ०७८ सालको दशैको विदा ५ दिन र तिहारको विदा ४ दिन पाउनेछन् ।

बैंकका कर्मचारीलाई २० प्रकारका सेवा-सुविधा, के के हुन् ती ? (सूचिसहित)

साथै, विभिन्न पर्व तथा उत्सवमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले बैशाख महिनामा २ दिन, जेठ महिनामा २ दिन, भदौ महिनामा ३ दिन, असोज महिनामा १४ दिन र कात्तिक  महिनामा ६ दिन  सार्वजनिक विदा पाउँछन् ।

साथै, मंसिर महिनामा २ दिन, माघ महिनामा १ दिन, फागुन महिनामा ३ दिन र चैत महिनामा ३ दिन सरकारी विदा बैंक तथा वित्तीय संस्थामा कर्मचारीले पाउने छन् ।

त्यसैगरी काठमाडाैं उत्पकामा ४ दिन र विभिन्न धर्मावलम्वीहरूलाई थप ५ दिन सार्वजनिक विदा हुनेछ । सो विदा सरकारी निर्णयअनुसार परिवर्तन हुन सक्ने समेत उक्त सूचनामा उल्लेख गरिएको छ।


पुष्प दुलाल