२०७३ सालको बुलमा एसबिआईको सेयर किन्ने ६०% घाटामा, एनआईसी एशियाका १५१% नाफामा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा अहिले परिसूचक र कारोबारमा हरेक दिन रेकर्ड बनेको छ ।

तर, २०७३ सालको बुलमा वाणिज्य बैंकको सेयर किन्नेहरु अझै घाटामा छन् ।

सबैभन्दा बढी घाटा २०७३ सालको बुलमा नेपाल एसबिआई बैंकको सेयर किन्नेको घाटा बिहीबारको सेयर मूल्य अनुसार ६० प्रतिशत छ ।

कुनै समय उत्कृष्ट ५ भित्र पर्ने एसबिआई बैंकको व्यवसाय पूँजी बृद्धि अनुसार नभएपछि लगानीकर्ता घाटामा भएका हुन् ।

२०७३ सालको साउनमा सेयर बजार पछिल्लो पटक बुल हुँदा नेपाल एसबिआई बैंकको सेयर मूल्य प्रतिकित्ता १९८० सम्म पुगेको थियो । १०० कित्ता सेयर किन्नको लागि १ लाख ९८ हजार रुपैयाँ लागत लागेको थियो । त्यो बुलमा १०० कित्ता सेयर किन्नेसँग अहिले १७३ कित्ता सेयर छ ।

नेप्से परिसूचकले रेकर्ड राख्दा १६ वाणिज्य बैंकका लगानीकर्ता अझै घाटामा

बिहीबारको एसबिआई बैंकको सेयर मूल्य अनुसार यसलाई ७८ हजार ७१५ रहेको छ । यसरी हेर्दा एसबिआई बैंकको सेयर २०७३ सालको बुलमा किन्नेहरु अहिलेपनि ६० प्रतिशतले घाटामा छन् ।

तर,एनआईसी एशिया बैंकका लगानीकर्ता भने यो बीचमा मालामाल भएको देखिन्छ । एनआईसी एशिया बैंकको सेयर मूल्य २०७३ साल साउन १२ गते एनआईसी एशिया बैंकको सेयर मूल्य ८०० रुपैयाँ थियो । त्यो बेला १०० कित्ता सेयर किन्नको लागि पर्ने लागत ८० हजार थियो ।

२०७३ सालको साउन १२ गते १०० कित्ता हुनेसँग अहिले एनआईसी एशिया बैंकको २०९ कित्ता सेयर छ । बिहीबारको सेयर कारोबारको आधारमा हेर्दा त्यसको बजार मूल्य २ लाख १ हजार हुँन्छ । यस आधारले हेर्दा एनआईसी एशिया बैंकका लगानीकर्ता १५० प्रतिशतले फाइदामा भएको देखिन्छ ।


क्लिकमान्डु