एनसीसीले नेप्सेलाई पठायो स्पष्टिकरण, भन्यो- सेयर मूल्यमा असर गर्ने कुनै निर्णय भएको छैन



काठमाडौं । एनसीसी बैंकले नेप्सेलाई स्पिष्टकरण पठाएको छ । माघ ११ गते आइतबारको कारोबारमा एनसीसी बैंकको सेयर मूल्यमा अस्भाविक वृद्धि भएको भन्दै नेप्सेले बैंकलाई स्पष्टिकरण सोधेको थियो ।

सोमबार जवाफ पठाउँदै बैंकले माघ ९ गते साधारण सभाबाट १०.२६९५ प्रतिशत लाभांश पारित भएको र सोको कर प्रयोजनका लागि ०.५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बाहेक अन्य सेयर मूल्यमा असर गर्ने गरी कुनै निर्णय नभएको उल्लेख गरेको छ ।

 

 


क्लिकमान्डु