सानिमा लार्ज क्याप फण्डमा साढे ४ गुणा बढी आवेदन



काठमाडौं । सानिमा लार्ज क्याप फण्डले सर्वसाधारणमा सार्वजनिक निष्शासन योजनामा साढे आइतबार साँझसम्म् साढे ४ गुणा आवेदन परेको छ । कम्पनीले प्रति इहाइ १० रुपैयाँका दरले १० करोड इकाइ अर्थात् १ खर्ब रुपैयाँको ७ वर्षे बन्दमुखी योजनाको बिक्री खुला गरेको थियो ।

जसमा हालसम्म ३६ हजार ८४० जनाले ४ अर्ब ५० करोड ५८ हजार १ सय रुपैयाँको आवेदन दिएका छन् । योजनामा सहभागी हुन चाहने व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले मेरोसेयरमार्फत् तथा आफ्नो बैंक खातामा रहेको आस्वा सदस्य कुनै पनि बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन् ।

इकाइ खरिदका लागि अधिक माग भएको अवस्थामा प्रचलित धितोपत्र सम्बन्धी कानूनको अधिनमा रही योजनाको आकारलाई अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म पुर्याउन सकिन्छ ।


क्लिकमान्डु