अस्वभाविकरुपमा सेयर मूल्य बढेको भन्दै एनसीसी बैंकलाई नेप्सेले सोध्यो स्पष्टिकरण

क्लिकमान्डु २०७७ माघ ११ गते १५:३४ मा प्रकाशित

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी)लाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले स्पष्टिकरण सोधेको छ । सेयर बजारमा अस्वभाविक रुपमा उतारचढाव आएपछि नेप्सेले स्पष्टिकरण सोधेको हो ।

गत माघ ८ गतेसम्म नियमित तथा सामान्य उताचढावमा नै धितोपत्र कारोबार भइरहेकोमा माघ ११ गते उच्च खरिद चाप देखिएकाले स्पष्टिकरण सोधेको हो । नेप्सेले कम्पनीको मूल्यमा असर पर्ने कुनै सूचना तथा निर्णय गरेको भए सोको जानकारी ३ दिनभित्र उपलब्ध गराउन समेत भनेको छ ।

पछिल्लो समयमा नविल बैंकसँगको मर्जरको हल्लाले एनसीसी बैंकको सेयर मूल्य निकै बढेको छ । आइतबार मात्रै बैंकको सेयर मूल्यमा ९.९७ प्रतिशत अर्थात् ३३ रुपैयाँले बढेर ३६४ रुपैयाँ पुगेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स