बजारपुँजीकरण हालसम्मकै उच्च, नेपाल टेलिकम २ खर्बमाथि उक्लियो



काठमाडौं । सेयर बजारमा उछाल आएसँगै सूचीकृत कम्पनीको बजारपुँजिकरणमा उल्लेख्य सुधार देखिएको छ ।

बिहीबारसम्म सूचीकृत कम्पनीको बजारपुँजिकरण ३१ खर्ब ८९ अर्ब ९५ करोड ७३ लाख रुपैयाँ पुगेको छ । यो साताको सेयर कारोबारमा बजारपुँजिकरणतर्फ शीर्ष १० को १ नम्बरमा नेपाल दुरसञ्चार कम्पनी छ । त्यसैगरी ५ वटा बैंक छन् । जसमा नबिल बैंक, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट,ग्लोबल आईएमई र एभरेष्ट बैंक रहेका छन् ।

यो साता एउटा कम्पनीको बजारपुँजिकरण २ खर्बभन्दा बढी रहेको छ भने ५ वटा कम्पनीको बजारपुँजीकरण १ खर्ब भन्दा बढी रहेको छ । बाँकी रहेका ४ वटा कम्पनीको बजारपुँजीकरण १ खर्ब भन्दा कम रहेको छ ।

गत साता बजारपुँजिकरणमा दोस्रो नम्बरमा रहेको नेपाल पुुनर्बीमा कम्पनी रहेकोमा यो साता नेपाल पुनर्बीमा कम्पनीलाई उछिनेर नेपाल लाइफ इन्स्योरेन्स एक स्थान माथि रहेको छ । पहिलो नम्बरमा रहेको नेपाल दुरसञ्चार कम्पनीको बजारपुँजिकरण २ खर्ब १ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै दोस्रो नम्बरमा रहेको नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सको बजारपुँजिकरण १ खर्ब ५९ अर्ब ८२ करोड ८३ लाख रुपैयाँ रहेको छ । यस्तै तेस्रो नम्बरमा रहेको नेपाल पुनर्बीमा कम्पनीको बजार पुँजीकरण १ खर्ब ५१ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।

नेप्सेका अनुसार चाथो स्थानमा नबिल बैंक रहेको छ । गत साता नबिल बैंक तेस्रो स्थानमा रहेको छ । यो साता चौथो स्थानमा रहेको बैंकको बजारपुँजिकरण १ खर्ब ४९ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ पुँगेको छ ।

५औं स्थानमा रहेको नागरिक लगानीकोषको बजारपुँजिकरण १ खर्ब ३ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ रहेको छ भने एनआईसी एसिया बैंकको १ खर्ब २ अर्ब ५७ करोड २७ लाख रुपैयाँ रहेको छ । सातौ नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको बजारपुँजिकरण खर्ब भन्दा कम रहेको छ ।

बैंकको बजारपुँजिकरण ७६ अर्ब ९६ करोड ४३ लाख रुपैयाँ रहेको छ । यता ग्लोबल आईएमई बैंकको बजारपुुँजिकरण ७१ अर्ब ८१ करोड ९९ लाख, एभरेष्ट बैंकको बजारपुँजिकरण ७१ अर्ब ५९ करोड ४४ लाख रुपैयाँ रहेको छ । यस्तै यो साता १० औं नम्बरमा रहेको शिवम् सिमेन्टको बजारपुँजिकरण ७१ अर्ब ५४ लाख ४ लाख रुपैयाँ रहेको छ ।


क्लिकमान्डु