नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र कारोबार गर्न बोर्डले दियो अनुमति



काठमाडौं । धितोपत्र बोर्डले नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र व्यापारीको काम गर्न अनुमति दिएको छ ।

नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनीले धितोपत्र व्यापारीको कार्य गर्न बोर्ड समक्ष निवेदन दिएकोमा उक्त कम्पनीलाई धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति दिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार नागरिक स्टक डिलर कम्पनीको प्रवेशसँगै उक्त कम्पनीबाट अध्ययन तथा अनुसन्धानमार्फत् हुने लगानीसम्बन्धी सुझबुझपूर्ण क्रियाकलापबाट पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ ।

बोर्डले नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रबेशलाई प्रोत्साहन गर्न नागरिक लगानी कोष जस्तै विशेष ऐनद्वारा स्थापित वित्तीय संस्थाले बोर्डबाट अनुमतिपत्र पाएर धितोपत्र व्यापारीको काम गर्न सक्ने व्यवस्थालाई समेटी २०७६ फागुन १ गतेदेखि लागू हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ मा संशोधन गरेको थियो ।

सरकार पनि बजेटमा पूँजीबजारमा संस्थागत लगानी अभिबृद्धि गर्न स्टक डिलरको कार्य सञ्चालनमा ल्याउने व्यवस्था उल्लेख भएको थियो ।

पूँजीबजारमा संस्थागत लगानीकर्ता बढाउन, संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सक्ने तथा पूँजीबजारको विकासमा गतिशिलता ल्याउन नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी स्थापना भएको हो ।

धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ बमोजिमको आवश्यक प्रक्रिया पूरा गरेपपछि बोर्डले धितोपत्र व्यापारीको कार्य संचालन गर्न अनुमति दिएको जनाएको छ ।


क्लिकमान्डु