चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट, १० लाख ७१ हजारको हात खाली



काठमाडौं । चन्द्रागिरि हिल्सको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बाँडफाँट गरेको छ । उक्त आईपीओमा आवेदन दिने मध्ये १ लाख ३९ हजार ६०२ जनाले १० कित्ता पाएका छन् ।

उक्त आईपीओ गोलाप्रथाबाट बाँडफाँट भएको हो । आवेदन दिएका मध्ये १० लाख ७१ हजार ५ सय १३ जनाको हात खाली भएकोे छ ।

कम्पनीले पुस २४ बाट २८ गतेसम्म सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँको १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो ।

जसमा ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो । बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणका लागि रहेको थियो ।


क्लिकमान्डु