सोनापुर मिनरल्स्ले २ करोड कित्ता आईपीओ निष्काशन गर्न तोक्यो बिक्री प्रबन्धक



काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्काशन गर्नको लागि बिक्रीप्रबन्धक नियुक्त गरेको छ ।

सम्झौतामा सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडका प्रबन्धक सञ्चालक निपेश तायल, र एनआईबिएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

कम्पनीले २ करोड कित्ता सेयर स्थानिय बासिन्दा तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने भएको छ ।

दाङ जिल्लामा रहेको यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो ।


क्लिकमान्डु