बीमाले सेयर बजारमा ल्यायो उछाल, इन्डेक्स २४ सय नजिक



काठमाडौं । सेयर बजारमा उल्लेख्य बढोत्तरी हुँदा नयाँ रेकर्ड कायम गर्नेक्रमलाई निरन्तरता दिए नै रहेको छ ।

कारोबारको सुरुमा केही गिरावट भएपनि त्यसपछिको कारोबारमा सुधार देखिएको छ ।

नेप्से मापन गर्ने सूचक ३१.८७ अंकले बढेर २३७४.६४ बिन्दुमा रोकिएको छ ।
२०९ कम्पनीको १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता सेयर ७ अर्ब ७९ करोड ८५ लाख २८ हजार ४३३ रुपैयाँको सेयर किनबेच भएको छ ।

बैंकिङ समूहको उपसूचक ३.८३ अंकले घटेको छ भने अन्य सबै समूहको उपसूचकमा सुधार देखिएको छ । काराबोरमा निर्जीबन बीमा ५४०.२३, जीवन बीमा ४४३.४३, माइक्रोफाइनान्स १५४.१६, जलविद्युत ६८.२९, विकास बैंक समूहको उपसूचक १३.६२ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अगाडि रहेको छ । इन्स्योरेन्सको ५३ करोड ३३ लाख १२ हजार ४२१ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेको इन्स्योरेन्स र नेपाल पुनर्बीमा कमम्नी रहेको छ ।


क्लिकमान्डु