इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा थपिए २० हजार आवेदनकर्ता, अब तपाईलाई कति पर्ला ?



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ)मा आवेदन दिनेको संख्या थपिएको छ ।

मंगलबार साँझसम्म १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका थिए ।

यता बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यसमा २० हजार ६३० जना थपिएका छन् । बैंकको आईपीओमा आवेदन दिनेको संख्या १५ लाख ५० हजार ९० जना पुगेका छन् ।

क्यापिटलका अनुसार १५ लाख ५० हजार ९० जनाले १८ अर्ब २७ करोड ९९ लाख ९३ हजार रुपैयाँको आवेदन दिएका हुन् ।

बैंकको सेयरमा ४० कित्ता वा सो भन्दा कम माग गर्नेले माग अनुसार नै सेयर पाउने छन् । त्यो भन्दा बढी आवेदन दिने आवेदनकर्तालाई गोलाप्रथा गरेर सेयर बितरण गरिने४० कित्ता वा सो भन्दा कम माग गर्नेले माग अनुसार नै सेयर पाउने छन् ।

त्यो भन्दा बढी आवेदन दिने आवेदनकर्तालाई गोलाप्रथा गरेर सेयर बितरण गरिने छ । कतिपय आवेदन रद्द हुने भएकोले रीतपुर्वक आवेदन दिने आवेदकले आईपीओमा आवेदकले ५० सेयर पाउने देखिएको छ ।

मंगलबारबारसम्म सबै तथ्याङक आउन सकेको थिए । आवेदकहरुले मेरो सेयरका साथै बैंकबाट पनि आवेदन दिएको भएर बैंकले सबै तथ्याङक उपलब्ध गराउने समय लागेको बताइएको छ । बैंकमा रहेको तथ्याङक बुधबार थप भएको बताइएको छ ।

बैंकले माघ २ देखि ६ गतेसम्म ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा १ लाख ६० हजार कित्ता कर्मचारी, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्तामा सर्वसाधारणको लागि निष्काशन गरेको थियो । बैंकलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग दिएको छ ।


क्लिकमान्डु