दोहोरो अंकले बजार बढ्दा यी हुन कमाउने र गुमाउने प्रमुख कम्पनी



काठमाडौं । मंगलबारको सामान्य करेक्सन पछिको बजारमा दोहोरो अंकको सुधार आउँदा कतिपय कम्पनीका लगानीकर्ताले राम्रो नाफा कमाउन सफल भएका छन् ।
कारोबारमा १५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढेको छ ।

कारोबारमा बेस्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, नेपाल हाईड्रो डेभलपर्स, कर्णालि डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, सेन्ट्रल फाइनान्स, सिन्धु विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

यस्तै बिशाल बजार कम्पनी, कामना सेवा विकास बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, सानिमा बैंकको ऋणपत्र, बरुण हाईड्रोपावर कम्पनी, समिट लघुवित्त वित्तीय संस्था, गुँरास लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटल, मञ्जु श्री फाइनान्स, एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु