करेक्सनपछि सेयर बजारमा दोहोरो अंकको सुधार, बीमाले उचाल्यो



काठमाडौं । मंगलबार सामान्य करेन्सन देखिएको सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

कारोबार सुरु भएको केही समयमा नै ओरालो लागेको बजार निकै उतार चढावका बीचमा बजार केही सुधार देखिएको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा नयाँ रेकर्ड कायम गरेको छ ।

बजार १५.८७ अंकले बढेर २३४२.७६ बिन्दुमा रोकिएको छ । २११ कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ७ वटा समूहको उपसूचकमा सुधार आएको छ । जलविद्युत कम्पनी ५३.५९, वित्त कम्पनीको ४५.९६, निर्जीबन बीमा १८५.९८, माइक्रोफाइनान्स २९.९१, जीवन बीमा समूहको उपसूचक ७२९.३७ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको ६१ करोड ४० लाख ८९ हजार ५०६ रुपैयाँ सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा प्रभु बैंक र नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।


क्लिकमान्डु