सेयर बजारमा झिनो करेक्सन, कारोबारमा नेपाल लाइफ इन्स्योरेन्सको अग्रता



काठमाडौं । लामो समय अलटाइम हाई ट्रेन्डमा रहेको सेयर बजारमा मंगलबार भने सामान्य करेक्सन देखिएको छ । धेरै समययता निरन्तर बढिरहेको बजारमा मंगलबार सामान्य करेन्सन देखिएको हो ।

नेप्से मापन गर्ने सूचक ५.५७ अंकले घटेर इन्डेक्स २३२६.९० बिन्दुमा रोकिएको छ । २०६ कम्पनीको १ करोड ६३ लाख ५ हजार १४१ कित्ता सेयर ७ अर्ब ४६ करोड ७४ लाख ३९ह जार ८४८ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारको सुरुदेखि नै उतार चढाव रहेको बजारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको थियो । कारोबारमा बैंकिङ समूहको उपसूचक ८.०६, विकास बैंक २४.३८, निर्जीबन बीमा समूहको उपसूचक १२४.८९ अंकले घटेको छ भने वित्त कम्पनीको ३७.२२ र जीवन बीमा समूहको उपसूचकमा सामान्यमा सुधार देखिएको छ ।

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको ९१ करोड ९७ लाख ६ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र नेपाल पुर्नबीमा कम्पनी रहेका छन् ।


क्लिकमान्डु