सेयर बजारमा दोहोरो अंकको सुधारहुँदा यी हुन् कमाउने र गुमाउने कम्पनी



काठमाडौं । केही उतार चढावकाबीच सेयर बजारमा केही सुधार देखिएको छ ।

कारोबार सुरु भएको केही समय ओरालो लागेको बजार पुन उकालो लागेको भएपनि त्यो क्रम कायमै रहन सकेन । उतार चढावका बीच नेप्से सूचक १७.३१ अंकले बढेर नेप्से इन्डेक्स २३३२.३२ बिन्दुमा रोकिएको छ ।

२०७ कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता सेयर ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार ६६४ रुपैयाँमा किनबेच भएको छ ।

यो दिन कारोबार रकमको आधारमा प्रभु बैंक अग्रस्थानमा रहेको छ । बैंकको ३३ करोड ४६ लाख ९४ हजार ७९८ रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल दुरसञ्चार कम्पनी र एनआईसी एशिया बैंक रहेका छन् ।

यो दिन १८ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बिशाल बजार कम्पनी, गोर्खाज फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त वित्तय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने समृद्धि फाइनान्स, एभरेष्ट बैंकको संस्थापक पक्ष, सांग्रिला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु