वोमी र ग्रामीण स्वयंसेवक लघुवित्तबीच मर्जरको लागि अन्तिम सम्झौता



काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता सम्पन्न भएको छ ।

वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्तले माघ ४ गते अन्तिम सम्झौता गरेका हुन् । यो सँगै अब एकीकृत कारोबार हुने छ ।

संस्थाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ती सम्बन्धी विनियमावली-२०७३ को विनियम १२ (६) मा भएको व्यवस्था अनुरुप सम्झौता भएको छ ।

यसअघि वोमीले नागरिक लघुवित्तलाई प्राप्ति गरेको थियो ।


क्लिकमान्डु