फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा ६.०४ % ले घट्यो



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवतरण प्रकाशित गर्न पनि फस्ट नै भएको हो ।

वित्तीय विवरण समयमा नै सार्वजनिक गरेको संस्थाको नाफामा भने गिरावट आएको छ । गत आवको दोस्रो त्रैमासमा ६ करोड ६९ लाख ३५ हजार रुपैयाँ नाफा रहेको संस्थाको चालु आवको सोही अवधिमा नाफा ६.०४ ले घटेर ६ करोड २८ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

नाफा घटेको लघुवित्तको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन मुनाफामा गिरावट आएको छ । गत आवको दोस्रो त्रैमासमा १० करोड ५८ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको संस्थाले चालु आवको सोही अवधिमा ११ करोड ६३ लाख ९२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यस्तै १० करोड ६० लाख २ हजार सञ्चालन मुनाफा रहेको बैंकको चालु आवको सोही अवधिमा ९ करोड ९८ लाख २३ हजार रुपैयाँ रहेको छ ।

गत आवको दोस्रो त्रैमासमा ८० करोड ७ लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको चालु आवको सोही अवधिमा ८७ करोड ६८ लाख ११ हजार रुपैयाँ पुगेको छ । संस्थाको जगेडा कोषमा १९ करोड ९० लाख ८ हजार रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी १४ रुपैयाँ ३४ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ७० पैसा रहेको छ ।


क्लिकमान्डु