हात खाली नजाने इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ भर्न लाइन लागेर डिम्याट खोल्नेको भीड (फोटोफिचर)



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले हालसम्मकै ठूलो आइपीओ जारी गरेको छ । ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता यही माघ २ गतेदेखि ६ गतेसम्म आईपीओ भर्ने समय छ ।

आइपीओ भर्न डिम्याट खाता अनिवार्य छ । त्यसैले १ सय रुपैयाँ बराबरको १ कित्ता सेयर भर्न पाउने भएपछि लगानीकर्ताहरु यतिबेला धमाधम डिम्याट खाता खोल्न लागेका छन् ।

सेयर भर्ने सबैलाई सकेसम्म न्यूनतम १० कित्ता दिनुपर्ने व्यवस्था छ । बैंकको यो आइपीओबाट कसैलाई पनि हात खाली नहुने देखिएको छ । हालसम्मको आँकलन अनुसार लगानीकर्ताहरुले ५० देखि ६० कित्ता पाउने सम्भावना छ ।

शुक्रबारदेखि खुलेको आइपीओ भर्न आइतबार कार्यालय खुल्नेवित्तिकै विभिन्न कार्यालयहरुमा डिम्याट खोल्नेको भिड बढ्यो । यतिसम्म कि मानिसहरु घण्टौ लाइनमा बसेर डिम्याट खाता खोलिरहेका छन् ।

सीडीएससीका अनुसार पछिल्लो एक सातामा अर्थात ७ दिनभित्रमा मात्रै ७२ हजारभन्दा बढीले डिम्याट खाता खोलेका छन् । यसरी हालसम्म डिम्याट खाता खोल्नेको संख्या २५ लाखभन्दा बढी पुगेको छ । त्यसैगरी मेरो सेयर लिनेहरुको संख्या पनि करिब १५ लाख पुगेको छ । डिम्याट र मेरो सेयर दुबै हुनेले ल्यापटप वा मोबाइलबाटै पनि आइपीओ भर्न पाउँछन् ।

अनामनगर हनुमानस्थानस्थित एनआइसी एसिया क्यापिटलमा बिहानैदेखि भिड लागेको छ । फारम भर्ने र बुझाउनेको छुट्टै लाइन छ ।

तस्बिरहरुः


क्लिकमान्डु