इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा आकर्षणः एक सातामा ७२ हजारले खोले डिम्याट, पुगे २५ लाख



काठमाडौं । पछिल्लो समय सेयर बजारमा प्रवेश गर्ने नेपालीहरुको संख्या निकै बढेको छ । तथ्यांक अनुसार कुल जनसंख्या ३ करोडलाई आधार मान्दा ८ प्रतिशतभन्दा बढी जनसंख्या सेयर बजारमा प्रवेश गरिसकेका छन् ।

दोस्रो बजारमा कारोबार गर्नेको संख्या उल्लेख्यरुपमा नबढेपनि आइपीओ भर्नकै लागि मात्रै भए पनि डिम्याट खाता खोल्नेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर डेभलप्मेन्ट बैंकले अहिले हालसम्मकै ठूलो ८ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गरेको छ । जसको म्याद माघ ६ गतेसम्मका लागि तोकिएको छ । यो आईपीओलाई लिएर सबैतिर चर्चा चलेको छ ।

सीडीएससीका अनुसार एक सातामा मात्रै ७२ हजार ११ जनाले डिम्याट खाता खोलेका छन् । गत सातासम्म २४ लाख २८ हजार ३३४ जनाले डिम्याट खाता खोलेका थिए भने अहिलेसम्म डिम्याट खाता खोल्नेको संख्या बढेर २५ लाख ३४५ पुगेको छ । सीडीएससीका अनुसार अहिले दैनिक १० हजारभन्दा बढीले डिम्याट खाता खोलिरहेका छन् ।

इन्फ्रास्ट्रक्चर बैंकले जारी गरेको आईपीओका कारण पनि डिम्याट खाता खोल्नेको संख्या बढेको हो । सबैलाई पर्ने भनिएकाले पनि डिम्याट खोल्नेहरुको संख्या बढेको हो ।


क्लिकमान्डु