बोर्डका अध्यक्ष ढुंगानाले भनेः मर्चेण्ट बैंकरले क्षमता बढाउनुको विकल्प छैन
काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाले मर्चेण्ट बैंकरले आफ्नो प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि गर्दै जानुपर्ने बताएका छन् ।
नेपालको पूँजीबजारमा मर्चेण्ट बैंकरको प्रवेश भएको २७ वर्षभन्दा बढी भइसकेको र पछिल्लो समय यो व्यवसाय क्रमश विकास हुदै गइरहेकोले अब क्षमता बढाउनुको विकल्प नभएको बताएका हुन् ।
मर्चेण्ट बैंकरहरु माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स एक आपसमा गाभिई बनेको माछापुच्छ्रे कृति क्यापिटलको एकिकृत कारोबारको उदघाटान गर्दए यस्तो बताएका हुन् ।
उनले विकशित देशमा बजार पूँजीकरण भन्दा ३/४ गुणासम्म सामूहिक लगानी कोषमार्फत् पूँजी परिचालन हुने गरेको स्मरण गराउँदै नेपालमा समेत यसको व्यापक सम्भावना रहेकोले यसको विकाशमा मर्चेण्ट बैंकरले भूमिका खेल्नुपर्ने बताए ।
उनले संस्थागत परामर्श सेवा, विशिष्टिकृत लगानी कोष (प्राइभेट इक्विटि, भेञ्चर क्यापिटल) व्यवस्थापन, ऋणपत्र तथा स्वपूँजी लगानी परामर्श, निश्चित प्रतिशत प्रतिफल सुनिश्चितता सहितको लगानी परामर्श सेवा, विदेशी संस्थागत लगानीकर्ता तथा गैर आवासीय नेपालीमार्फत् विदेशी श्रोतको परिचालन लगायतमा समेत मर्चेण्ट बैंकरले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
उनले मर्जपश्चात् उच्च व्यवस्थापन र कर्मचारी समेतको उचित व्यवस्थापन हुन सके मात्र मर्ज सफल हुने भएकोले यस विषयमा माछापुच्छ्रे कृति क्यापिटलले विशेष ध्यान पु¥याउने विश्वास व्यक्त गरे ।