नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा पहिलो दिन नै ४३ % आवेदन



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ)मा पहिलो दिन नै ४३.३२ प्रतिशत आवेदन परेको छ ।

शुक्रबार २ लाख ८५ हजार ३१८ जना आवेदकले ३ अर्ब ७० करोड ६२ लाख ६७ हजार रुपैयाँको ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताको लागि आवेदन दिएका छन् ।

बैंकले आजै देखि ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको हो । उक्त आईपीओमा १ लाख ६० हजार कित्ता कर्मचारी, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

प्रतिकित्ता १ सय रुपैयाँका दरले माघ ६ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म बिक्री खुला हुनेछ ।

त्यो अवधिमा पनि माग अनुसार आवेदन नपरेको खण्डमा प्रत्याभुतिकर्ताले सकार्नुपर्ने छ । यसको बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

उक्त आईपीओमा सि–आस्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था, तथा मेरो सेयरबाट आवेदन दिन सकिने छ । बैंकलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर त्रिपल बी’ रेटिङ्ग दिएको छ ।


क्लिकमान्डु