सेयर बजारः ‘टि प्लस टू’ माघ ११ गतेदेखि कार्यान्वयनमा आउने



काठमाडौं । सीडीएससीले यही माघ ११ गतेदेखि ‘टि प्लस टू’ कार्यान्वयनमा ल्याउने भएको छ ।

यसका लागि सीडीएससीले शुक्रबार ब्रोकरहरुसँग छलफल  समेत गरेको छ ।

‘टि प्लस टू’ कार्यान्वयनका लागि ब्रोकर एशोसिएसनका अधिकारीहरुसँग छलफल पछि माघ ११ गतेदेखि कार्यान्वयन गर्ने विषयमा सहमति भएको स्रोतले जानकारी दियो ।

‘टि प्लस टू’मा जाने भएपछि त्यसका लागि ब्रोकर कम्पनीहरुले आफूहरु तयार रहेको बताएको थिए । छलफलका क्रममा ब्रोकर कम्पनीहरुले आफूहरु तयार रहे पनि लगानीकर्ताहरुले समयमै इडीआइएस नगर्दा समस्या आइरहेको बताए । उनीहरुले सेयर बिक्री गर्ने तर समयमै इडीआइएस नगर्दा समस्या भएको बताएका थिए ।

अहिले लगानीकर्ताहरुलाई व्यवस्थित बनाउन आवश्यक रहेको देखिएको उनीहरुले बताएका थिए । सीडीएससीले पनि लगानीकर्तालाई अभिवृद्धि गर्नका लागि कार्यक्रम ल्याउने बताएको छ ।

माघ ११ गतेदेखि टी प्लस टु कार्यान्वयन आउनु अघि सीडीएससीले उक्त निर्णय सञ्चालक समितिमा पेश गर्नेछ । समितिले निर्णय गरेपछि लागू हुनेछ ।

नेपाल धितोपत्र बोर्डले ‘टि प्लस टू’ कार्यान्वयनका लागि धितोपत्र कारोबार राफसाफ तथा फछ्यौट विनियमावली–२०६९ लाई संशोधान गरेर यसलाई कार्यान्वयनमा ल्याउने सीडीएससीलाई जिम्मा दिएको छ ।


क्लिकमान्डु