एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टले ३ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?



काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्टले सेयरधनीहरुलाई ३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले गत वर्षको नाफाबाट २.८५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करका लागि ०.१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले ३ करोड २२ लाख ८१ हजार ४ सय रुपैयाँको ३ लाख २२ हजार ८१४ कित्ता बोनस सेयर वितरण गर्न जनाएको छ । नगदको लागि १६ लाख ९९ हजार २१ रुपैयाँ छुट्याएको छ ।

कम्पनीले माघ २५ गते साधारणसभा गर्ने भएको छ । साधारणसभामा लाभांश पारित गर्नुका साथै संस्थापक सेयरधनीका तर्फबाट ६ र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने भएको छ ।

साधारणसभामा लेखापरीक्षक नियुक्त गर्ने, लेखापरीक्षको पारिश्रमीक तोक्ने, चुक्ता पुँजी बढाउने र त्यसको लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ ।

साधारणसभाको लागि कम्पनीले माघ १२ गते बुक क्लोज गर्ने भएको छ । माघ ११ गतेसम्म कायम रहेको सेयरधनीले मात्रै लाभांश पाउने छन् ।


क्लिकमान्डु