नेशनल लाइफ र तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।

नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स र तिनाउ मिसन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको हो । नेशनल लाइफको १० प्रतिशत बोनस सेयरपछि मूल्य समायोज भएको हो ।

प्रतिकित्ता १०६४ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन भएको हो । यही मूल्यलाई आधार मानेर सेयर कारोबार भएको छ ।

नेप्सेका अनुसार अन्तिम कारोबार मूल्य ११७० रुपैयाँको आधारमा समायोजन भएको हो ।

यस्तै तिनाउ मिसन डेभलपमेन्ट बैंकको पनि सेयर मूल्य समायोजन भएको छ । बैंकको ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।

प्रति कित्ता १८६ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन भएको हो । यही मूल्यलाई आधार मानेर सेयर कारोबार हुने छ ।

नेप्सेका अनुसार अन्तिम कारोबार मूल्य १९७ रुपैयाँको आधारमा समायोजन भएको हो ।


क्लिकमान्डु