अलटाइम हाईको रेकर्ड कायम गर्दै सेयर बजार, लगानीकर्ताको ध्यान बीमा, जलविद्युतमा
काठमाडौं । सेयर बजारले दैनिक रुपमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ । साताको सुरुदेखि नै नेप्से इन्डेक्स बढदा अलटाइम हाइको टे«न्ड समातेको छ ।
यो साता नै नेप्से इन्डेक्स ५० अंक भन्दा बढीले बढेको छ । बुधबार नेप्से मापन गर्ने सूचक १८.८१ अंकले बढेर परिसूचक २२८६.५४ बिन्दुको नयाँ रेकर्ड राखेको छ ।
इन्ड्रा डे कारोबारमा बजारमा केही उतार चढाव भएको थियो । अन्तिम समयमा केही सुधार देखिएको छ ।
२०७ कम्पनीको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता सेयर ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार २६१ रुपैयाँमा किनबेच भएको छ ।
यो दिनको कारोबारमा बैंकिङ समूहको उपसूचकमा गिरावट देखिएपनि विकास बैंक, उत्पादन तथा प्रशोधन, निर्जीबन बीमा, जलविद्युत, माइक्रोफाइनान्स, जीवन बीमामा लगानीकर्ताहरुको आकर्षण बढेको देखिएको छ ।
कारोबार रकमको आधारमा नेपाल टेलिकम अग्रस्थानमा रहेको छ । टेलिकमको २६ करोड ५५ लाख २४ हजार ९४० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बीमा कम्पनी र माथिल्लो तामाकोशी हाईड्रोपावर कम्पनी रहेको छ ।
कारोबारमा १० वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ ।