मिर्मिरे लघुवित्तको लाभांश परिमार्जन, कति घट्यो बोनस ?



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश दरमा परिमार्जन गरेको छ ।

संस्थाले यसअघि १२ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करका लागि०.६३ प्रतिशत नगद लाभांशसहित १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

अहिले त्यसलाई संशोधन गरेर लाभांश दर घटाएको छ । संस्थाको नयाँ लाभांशमा बोनस ९.२० प्रतिशत र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.४८ प्रतिशत सहित ९.६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको संस्थाले नयाँ लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई दिने छ ।


क्लिकमान्डु